Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीले दिए नेपाली क्रिकेट टोलीलाई शुभकामना

प्रधानमन्त्रीले दिए नेपाली क्रिकेट टोलीलाई शुभकामना

  • मंगलवार, जेठ २२ २०८१

  • 651
    SHARES

  • प्रधानमन्त्रीले दिए नेपाली क्रिकेट टोलीलाई शुभकामना

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकप क्रिकेटमा आज सहभागीता जनाउन लागेको नेपाली क्रिकेट टोलीलाई शुभकामना दिनु भएको छ।

    आज एक वक्तव्य जारी गर्दै उहाँले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने भएकोले उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै नेपाली टोलीलाई ऐतिहासिक सफलता प्राप्त हुनेमा आफू विश्वस्त रहेको पनि बताउनुभयो।

    प्रधानमन्त्री प्रचण्डले सगरमाथा र बुद्धको देश भनेर चिनिने नेपाल अब क्रिकेटको देशका रूपमा समेत स्थापित हुन लागेको उल्लेख गर्दै आफ्नो नेतृत्वको सरकारले खेलक्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि निरन्तर महत्त्वपूर्ण निर्णय गरी कार्यान्वयन गर्दै आइरहेको बताउनुभयो।

    प्रधानमन्त्री प्रचण्डले जारी गरेको वक्तव्यमा भनिएको छ,“एक दशकपछि आज नेपाली क्रिकेट टिम विश्वकपमा खेल्दै छ, यसले नेपालको गौरव थप बढाएको छ, विश्वको ध्यान नेपालतर्फ खिचिएको छ। देशको प्रतिष्ठा बढाउन निरन्तर मेहेनत, संघर्ष र सफलता प्राप्त गरेकामा नेपाली क्रिकेट टिमप्रति धन्यवाद व्यक्त गर्दछु ।”


    मंगलवार, जेठ २२ २०८१०१:४६:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij