Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

दुईवटा संसदीय समितिको बैठक बस्दै

दुईवटा संसदीय समितिको बैठक बस्दै

  • मंगलवार, जेठ २२ २०८१

  • 338
    SHARES

  • दुईवटा संसदीय समितिको बैठक बस्दै
    काठमाडौं । संघीय संसद्का दुईवटा समितिको बैठक आज बस्दै छ ।
     
    आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।
     
    संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा लुम्बिनी विकास कोषबाट भएका कामकारबाही, प्रमुख सवाल, समस्या र भावी कार्ययोजनाका विषयमा छलफल हुनेछ ।
     
    यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो साढे १२ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा सार्वजनिक नीतिको आवश्यकता, महत्त्व, कार्यान्वयन अवस्था लगायत विषयहरूका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।


    मंगलवार, जेठ २२ २०८१०८:४५:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij