Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

लुम्बिनीको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

लुम्बिनीको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

  • सोमवार, जेठ २१ २०८१

  • 447
    SHARES

  • लुम्बिनीको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)
    काठमाडौं । लुम्बिनी प्रदेशको नयाँ आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । सोमबार(आज) प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। 
     
    लुम्बिनीले अधिकांश पुरानै कार्यक्रमलाई दोहोर्‍याएको छ । नीति तथा कार्यक्रम कृषि उत्पादन, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन विकास, पूर्वाधार विकासलगायतलाई प्राथमिकतामा राखिएको छ ।
     
    नीति तथा कार्यक्रममा किसानको हात, प्रदेशको साथ, व्यावसायिक कृषि लुम्बिनी प्रदेशको समृद्धि, स्वस्थ जीवनको आधार माटोमा सुधार, कृषिको आधार, सिँचाईमा सुधार, प्रदेश प्रमुख शिक्षा सुधार कार्यक्रम, लुम्बिनीका महिला, आत्मनिर्भरतामा पहिला, मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम जस्ता कार्यक्रम समावेश गरिएको छ।
     
    लुम्बिनीका १२ जिल्लामा सञ्चालित पुराना योजनालाई पूरा गर्ने लक्ष्य, पर्यटक भित्र्याउने, प्रदेशभित्र पर्यटन प्रवर्द्धन गर्दै वन, कृषि, पर्यटन, उद्योग, जडीबुटीलगायत क्षेत्रबाट उद्यमशीलताको विकाससहित आर्थिक समृद्धिमा सम्पन्न प्रदेश बनाउने लक्ष्य सरकारले राखेको छ ।
     
    प्रदेश सरकारले यसअघि नै अगाडि बढाएका तर, सम्पन्न हुन नसकेका योजनाहरूलाई समेत समेटिएको नीति तथा कार्यक्रममा रोजगारी सृजना, संघीयताको सबलीकरण, सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा सुधार र स्रोत साधनको परिचालन लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ ।
     
    सूचना तथा संचार क्षेत्रको विकास तथा प्रवर्द्धन, लागूऔषध दुरूपयोग नियन्त्रण, विपद् जोखिम न्यूनीकरणका लागि आपत्कालीन कार्य सञ्चालन केन्द्र, प्रदेशमा रहेको मातृ मृत्युदर, बाल मृत्युदर, महिला तथा बालबालिकामा रहेको कुपोषण घटाउन सबै जिल्लामा सुरक्षित मातृत्व कार्य योजना लगायत नीति तथा कार्यक्रममा समेटिएका छन् ।
     


    सोमवार, जेठ २१ २०८१०४:१०:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij