Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

संसद्मा आजबाट बजेटमाथि छलफल शुरु, सांसदहरूले आआफ्ना धारणा राख्दै, प्रतिपक्षीले महत्त्वाकाङ्क्षी बजेट भनिरहँदा सत्तापक्षद्वारा बचाउ (खास खबर)

संसद्मा आजबाट बजेटमाथि छलफल शुरु, सांसदहरूले आआफ्ना धारणा राख्दै, प्रतिपक्षीले महत्त्वाकाङ्क्षी बजेट भनिरहँदा सत्तापक्षद्वारा बचाउ (खास खबर)

  • आइतवार, जेठ २० २०८१

  • 492
    SHARES

  • संसद्मा आजबाट बजेटमाथि छलफल शुरु, सांसदहरूले आआफ्ना धारणा राख्दै, प्रतिपक्षीले महत्त्वाकाङ्क्षी बजेट भनिरहँदा सत्तापक्षद्वारा बचाउ (खास खबर)
    काठमाडौं । संसद्मा आजबाट बजेटमाथि छलफल शुरु भएको छ । बजेटमा सत्ता र प्रतिपक्षका सांसदहरूले आआफ्ना धारणा राखिरहेका छन् । प्रतिपक्षीले महत्त्वाकाङ्क्षी बजेट भनिरहँदा सत्तापक्षले कार्यान्वयनमा सहज हुने गरी बजेट आएको दाबी गरिरहेको छ । 
     
    नेकपा एमालेका सांसद एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत जोखिम उठाएको बताउनुभएको छ । पुन आफैँले जोखिम उठाएको र सो जोखिम समाधान गर्न पनि तत्पर रहेको पौडेलको भनाइ थियो । मन्त्री पुनले सहज यात्रा नरोजी अप्ठ्याराहरूका बीचमा काम गर्ने अठोट लिएको पौडेलको दाबी छ । बाहिर मानिसहरूको चर्चा र आशङ्काकै बीच १८ खर्ब ६० अर्बको बजेट आउनु यर्थाथपरक रहेको उहाँको तर्क छ । 
     
    नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री प्रकाशशरण महतले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएको आरोप लगाउनुभएको छ । आवश्यकताको आधारमा बजेट विनियोजन नगरेर सरकारले आफू खुसी अघि बढ्ने बाटो लिएको उहाँको भनाइ छ । महत्त्वाकाङ्क्षी भन्दा पनि कार्यान्वयनको दिशामा लैजान सकिने बजेट आवश्यक रहेको बताउँदै उहाँले तीतो औषधि खान तयार हुनुपर्नेमा जोड दिनुभयो । 
     
    पूर्व गभर्नर एवं अर्थविद् दीपेन्द्रबहादुर क्षेत्रीले बजेट समय सापेक्ष रुपमा आएको दाबी गर्नुभएको छ । गत सालको तुलनामा केही आकार बढेपनि यो अझै कम भएको उहाँको भनाइ छ । राजश्वका लक्ष्य र खर्चको मिलानलाई सही ढंगले लैजान सके अल्पविकसित मुलुकका लागि यो बजेट स्वाभाविक रहेको उहाँको भनाइ छ । 
     
    बजेटमा सबै क्षेत्रबाट समेटिनुपर्ने सुझावमा कमजोरी देखिएको छ । स्वयं सत्तापक्षका सांसदहरू यसबारे सन्तुष्ट देखिएका छैनन् । संसद्को अवरोधका बीच आएको बजेटमा जेठ १५ गतेमात्रै सहमति भएको थियो । यो बीचमा सत्ता र प्रतिपक्षका सांसदहरूले पर्याप्त छलफल गर्न पाएनन् । हरेक वर्ष आएको बजेट कार्यान्वयन गर्न चुनौती देखिँदै आएको छ । सरकारको अस्थायी संरचना र उथलपुथलले समस्या सिर्जना हुने गरेको छ । यसैबीच, बजेटका बारेमा विभिन्न प्रकारका टिप्पणी आइरहेका बेला अर्थमन्त्री वर्षमान पुन भने हौसिएका छन् । 
     


    आइतवार, जेठ २० २०८१०८:१९:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij