Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सर्वोच्चद्वारा गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता पोखरेललाई अदालतमा उपस्थित हुन आदेश

सर्वोच्चद्वारा गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता पोखरेललाई अदालतमा उपस्थित हुन आदेश

  • आइतवार, जेठ २० २०८१

  • 2.6K
    SHARES

  • सर्वोच्चद्वारा गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता पोखरेललाई अदालतमा उपस्थित हुन आदेश

    काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दिनमणि पोखरेललाई कारण देखाउ आदेशसहित अन्तरिम आदेशको सन्दर्भमा छलफलका लागि बोलाएको छ ।

    अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेशका लागि दुवैजनालाई उपस्थित हुन भनेको हो । न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाउ आदेशसहित दुवैजनालाई छलफलका लागि उपस्थित हुन भनेको अधिवक्ता भट्टराईले बताउनुभयो ।

    सहकारी ठगी प्रकरणमा रवि संलग्न नरहेको भनी महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र गैरकानूनी रहेको भन्दै दुवैजनालाई कारबाहीका लागि रिट दायर भएको थियो । अदालतले अन्तरिम आदेशका लागि छलफलको मिति दिन बाँकी रहेको अधिवक्ता भट्टराईले बताउनुभयो।

     


    आइतवार, जेठ २० २०८१०४:४३:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij