Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

संसदीय समितिलाई गगनको सुझाव–सहकारी ठगीमा गृहमन्त्री र महान्यायाधिवक्तासँग बयान लिनू

संसदीय समितिलाई गगनको सुझाव–सहकारी ठगीमा गृहमन्त्री र महान्यायाधिवक्तासँग बयान लिनू

गृहमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग
  • आइतवार, जेठ २० २०८१

  • 839
    SHARES

  • संसदीय समितिलाई गगनको सुझाव–सहकारी ठगीमा गृहमन्त्री र महान्यायाधिवक्तासँग बयान लिनू
    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी सम्बन्धमा छानबिन गर्न गठित संसदीय समितिले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग पनि बयान लिनुपर्ने बताउनुभएको छ । संसद्लाई ढाँट्ने महान्यायाधिवक्तालाई पनि बोलाउनेमा आफूहरू ढुक्क रहेको उहाँले बताउनुभयो ।
     
    आइतबार प्रतिनिधि सभाको विशेष समयमा महामन्त्री थापाले संसदीय छानबिन समितिले गोरखा मिडिया नेटवर्कमा गएको रकम सम्बन्धमा सहकारी र मिडियाको फाइल पल्टाउने बताउनुभयो ।
     
    ‘सूर्य दर्शनलगायतका सहकारीहरू जसबाट गोर्खा मिडियामा रकम गएको छ । त्यो रकम एक रुपैयाँ गएको पनि गैरकानूनी हो । त्यो गैरकानूनी रकम प्रवाह भएको बारेमा अध्ययन हुन्छ । यो समितिले सहकारीको खाता पनि पल्टाउँछ,’ थापाले भन्नुभयो, ‘गोरखा मिडियाको खाता पनि पल्टाउँछ । खाता मात्रै पल्टाउँदैन । त्यो गोरखा मिडिया सञ्चालन गर्ने त्यसका मालिक जीबी होस् कि, छवि होस् कि, रवि होस् कि कवि होस्, उसलाई पनि बोलाउँछ । छानबिन गर्छ । बयान लिन्छ । सबैभन्दा राम्रो कुरा यसले अन्तिममा भन्छ–कानून बमोजिम कारबाहीको सिफारिस गर्छ ।’
     
    गृहमन्त्री लामिछाने समेत संलग्न रहेको भनिएको सहकारी ठगीबारे छानबिन गर्न नेकपा एमालेका सांसद सूर्य थापाको संयोजकत्वमा संसदीय छानबिन समिति गठन भइसकेको छ । समितिले सदनलाई ढाँट्ने महान्यायाधिवक्तालाई पनि बोलाउनेमा आफूहरू ढुक्क रहेको थापाले बताउनुभयो ।
     
    यसअघि महान्यायाधिवक्ता दिनमणि पोखरेलले सहकारी ठगीमा गृहमन्त्रीको संलग्नताको प्रमाण नभेटिएको भन्दै सफाइ पत्र दिनुभएको थियो।
     
    महामन्त्री थापाले कांग्रेस सांसदले विदेशीलाई सूचना बेचेको भन्ने आरोप सम्बन्धमा प्रधानमन्त्री प्रचण्डले संसद्‌मा जवाफ दिनुपर्ने बताउनुभयो ।
     
    त्यस्तै उहाँले सदनमा प्रस्तुत भएको गृहमन्त्री लामिछानेको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाउन पनि माग गर्नुभएको छ ।
     
     
     
     
     
     
     
     
     
     
     
     
     
     


    आइतवार, जेठ २० २०८१०२:२८:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij