Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

दरबार हत्याकाण्डको २३ वर्ष पूरा, हत्यारा अझै पत्ता लागेन, दीपेन्द्रलाई दोषी मान्न आमनागरिक असहमत (खासखबर)

दरबार हत्याकाण्डको २३ वर्ष पूरा, हत्यारा अझै पत्ता लागेन, दीपेन्द्रलाई दोषी मान्न आमनागरिक असहमत (खासखबर)

  • शनिवार, जेठ १९ २०८१

  • 427
    SHARES

  • दरबार हत्याकाण्डको २३ वर्ष पूरा, हत्यारा अझै पत्ता लागेन, दीपेन्द्रलाई दोषी मान्न आमनागरिक असहमत (खासखबर)

    काठमाडौं। तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको आज २३ वर्ष पूरा भएको छ । तर, यो घटना अझै रहस्यमय नै रहेको छ।

    वि.सं.२०५८ साल जेठ १९ गते राति ९ बजे नारायणहिटी राजदरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियो ।

    घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए । उक्त दरबार हत्याकाण्डमा सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको उच्चस्तरीय छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा तत्कालीन युवराज दीपेन्द्रलाई दोषी ठहर गरेको भएपनि आमनागरिकले त्यसलाई स्वीकार गर्न सकेका छैनन् ।

    शाही शक्ति यूवा नेपालका अध्यक्ष पशुपति खड्काले पनि दिपेन्द्रले नै घटना घटाएको तर राजनीतिक प्रोपोगाण्डा गर्न गलत प्रचार भइरहेको दाबी गर्नुभयो ।

    रहस्यको पर्दा खुल्न नसकेको यो हत्याकाण्डको यथार्थ छानबिन हुनुपर्ने माग उठ्दै आएको छ । विभिन्न दलका नेताहरूले सरकार बाहिर रहँदा दरबार हत्याकाण्डको रहस्य पत्ता लगाउने वाचा गरेपनि पदमा पुगेपछि कहिल्यै प्राथमिकता दिएनन् ।

    गणतन्त्र स्थापनापछि पहिलो पटक प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नारायणहिटी हत्याकाण्डको छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउने वाचा गर्नुभएको थियो । प्रचण्ड अहिले पनि प्रधानमन्त्री छन् ।

    तीन पटक प्रधानमन्त्री बन्दा पनि उहाँले यस विषयमा कुनै पहलकदमी लिएको पाइँदैन । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केशीले यो रहस्यको गर्भमा रहेको घटनाको भित्रि पाटो गम्भीर रहेको संकेत गर्नुभयो ।

    राजसंस्था पुनस्र्थापनाको माग गर्दै आएको राप्रपाले पनि यो हत्याकाण्डबारे खुुलेर बोलेको पाइँदैन । उनीहरुका लागि यो एजेण्डा राजनीतिक रोटी सेक्नका लागि मात्रै भएको छ । देशको मूल नेतृत्वनै ढलेर व्यवस्था परिवर्तनसम्म आइपुग्दा समेत हत्याकाण्ड रहस्यको गर्भमै रहनु बिडम्बना हो ।
    ००००

     


    शनिवार, जेठ १९ २०८१०८:२२:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij