Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

प्रहरीलाई गृहमन्त्रीको निर्देशनः‘काम कारबाही प्रभावकारी बनाउनुस्’

प्रहरीलाई गृहमन्त्रीको निर्देशनः‘काम कारबाही प्रभावकारी बनाउनुस्’

  • शनिवार, जेठ १९ २०८१

  • 580
    SHARES

  • प्रहरीलाई गृहमन्त्रीको निर्देशनः‘काम कारबाही प्रभावकारी बनाउनुस्’

    काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीलाई काम कारबाही प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ।

    काठमाडौंभित्र रहेका बौद्ध, गौशाला र महाराजगञ्ज प्रहरी वृत्तको अनुगमन गर्दै उहाँले नागरिकका गुनासा तत्काल सुन्न, पीडितमैत्री व्यवहार गर्न र जिम्मेवारी निर्वाहमा गम्भीर हुन निर्देशन दिनुभएको हो ।

    अनुगमनका क्रममा गृहमन्त्री लामिछानेले प्रहरी कार्यालयको कार्य प्रणाली, जनशक्ति, कागजपत्रको व्यवस्थापन, प्रविधिको प्रयोग र समस्याबारे वृत्त प्रमुखसँग जानकारी लिनुभयो।

    सो अवसरमा उजुरी/जाहेरीका प्रकृति र दैनिक आउने संख्या, अनुसन्धानका कठिनाइ, वृत्तमार्फत जाने मुद्दा तथा थुनुवा कक्षको क्षमता र हाल रहेको संख्याबारे पनि  जानकारी लिनुभएको छ ।

    नयाँ बसपार्क क्षेत्रको विशेष सुरक्षा योजना पाँच दिनभित्र पेश गर्न महाराजगञ्ज वृत्त प्रमुखलाई निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।


    शनिवार, जेठ १९ २०८१०३:०८:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij