Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

‘बजेट अर्थमन्त्री र माओवादीतिर मात्रै ढल्कियो ’: केपी ओली

‘बजेट अर्थमन्त्री र माओवादीतिर मात्रै ढल्कियो ’: केपी ओली

  • शनिवार, जेठ १९ २०८१

  • 1.6K
    SHARES

  • ‘बजेट अर्थमन्त्री र माओवादीतिर मात्रै ढल्कियो ’: केपी ओली

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट अर्थमन्त्री र माओवादीतिर मात्रै ढल्किएजस्तो देखिएको टिप्पणी गर्नुभएको छ।

    आज नयाँ बानेश्वरस्थित ल्होत्से हलमा जारी एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले बजेट अर्थमन्त्री र माओवादीतिर मात्रै ढल्किएको जस्तो देखिएपनि समर्थन गरेर अघि बढ्ने बताउनुभयो ।

    यद्यपी, बजेटमा केही कमजोरी भेटिएमा त्यसको आलोचना गर्न सकिने ओलीको भनाई छ।ओलीले आफ्नो क्षेत्रमा अनियमित ढङ्गले बजेट वितरण गरिएको भए आवाज उठाउन सांसदहरुलाई आग्रह गर्नुभयो।

    उहाँले भन्नुभयो, ‘बजेटमाथि आलोचना नै गर्न नहुने भन्ने होइन । बजेटमा रहेको कमीबारे माननीयज्यूहरूले आफ्नो क्षेत्रमा, जिल्लामा, प्रदेशमा हिजोको अवस्थामा र आजको अवस्थामा के कमी कमजोरी छ, के बढ्नुपर्थ्यो वा के घट्यो त्यस्ता विषयहरूमा स्वाभाविक रूपमा प्रश्नहरू उठाउन सक्नुहुन्छ ।’

    अध्यक्ष ओलीले बजेट वक्तव्य आएका केही विषयहरू उल्झनयुक्त, केही शब्दहरू उपयुक्त नहुने कुरा, केही शब्दहरू प्रयोग भएको र त्यसको भाव अर्थ र महत्वलाई बोक्न नसकेको अवस्था छ कि भन्दै ती कुराहरूलाई पनि हेर्न उहाँले निर्देशन दिनुभयो ।


    शनिवार, जेठ १९ २०८१०३:०३:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij