Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्ड, ओली र नेपालबीच गोप्य भेटवार्ता, ओली सशंकित

प्रधानमन्त्री प्रचण्ड, ओली र नेपालबीच गोप्य भेटवार्ता, ओली सशंकित

  • शुक्रवार, जेठ १८ २०८१

  • 3.6K
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड, ओली र नेपालबीच गोप्य भेटवार्ता, ओली सशंकित

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र माधवकुमार नेपालबिच भेटवार्ता भएको छ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा केहीबेर अगाडी प्रधानमन्त्रीसँग पूर्वप्रधानमन्त्रीद्वय नेकपा एमालेका अध्यक्ष ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले भेटवार्ता गर्नुभएको हो।

    भेटमा समसामयिक राजनीतिका विषयसँगै आईतवारबाट संसदमा शुरु हुने आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा छलफल भएको बैठकबाट बाहिरिने क्रममा अध्यक्ष ओलीले बताउनु भयो।

    यस्तै भेटमा सत्तारुढ नेकपा एसका अध्यक्ष नेपाल बुढानीलकण्ठस्थित नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा बसेको प्रतिपक्ष दलहरुको बैठमा सहभागी भएको बारेमा पनि छलफल भएको छ।

    यता, प्रधानमन्त्री पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष नेपाल प्रतिपक्ष दलहरुको बैठकमा जाने कुरा आफूलाई जानकारी रहेको र सहमतिमै गएको पनि बताउनु भएको थियो। यो विषयमा पनि आजको बैठककमा ओलीले विषेश चासो दिनु भएको छ ।


    शुक्रवार, जेठ १८ २०८१०५:१०:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij