Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

गृहमन्त्री लामिछानेको निर्णयविरुद्ध सर्वोच्चमा फेरी अर्को रिट(रिटसहित)

गृहमन्त्री लामिछानेको निर्णयविरुद्ध सर्वोच्चमा फेरी अर्को रिट(रिटसहित)

  • शुक्रवार, जेठ १८ २०८१

  • 1.5K
    SHARES

  • गृहमन्त्री लामिछानेको निर्णयविरुद्ध सर्वोच्चमा फेरी अर्को रिट(रिटसहित)

    काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा फेरी अर्को रिट दायर भएको छ ।

    गृहमन्त्री लामिछानेले गणतन्त्र दिवसका दिन ट्राफिक निर्णय उल्लङ्घन गर्नेहरूलाई सडकमा स्वयंसेवकको रूपमा खटाउने निर्णय गरेपछी त्यसको भोलिपल्टैदेखी लागू गराउनु भएको थियो ।

    उक्त निर्णय कार्यान्वयनमा गएपछि आज रविन्द्र पौडेल, आकाशकुमार भट्ट, प्रमेश पौडेल, उज्जल माली, ईमामुल हक र राजु परियारले उक्त कार्य तत्काल बन्द गर्न अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको हो।

    उक्त रिटमा मानव अधिकारको विश्वव्यापी घोषणाको धारा ३ र ५ तथा संविधानको धारा २२ ले यातनाविरुद्धको हक प्रदान गरी सोलाई कसुर भनी परिभाषा समेत गरेको अवस्थामा सामान्य गल्तीमा समेत सडकमा उभ्याई बलपूर्वक सवारी नियमनको काममा लगाउँदा समग्र चालकहरूको हक हितमा गम्भीर असर परेको दाबी गरिएको छ।

    यस्तो छ अदालतमा दायर रिटः

     


    शुक्रवार, जेठ १८ २०८१०४:२९:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij