Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

ट्राफिक स्वयंसेवक प्रकरणमा संसदीय समितिले गृहमन्त्रीलाई स्पष्टिकरण सोध्ने

ट्राफिक स्वयंसेवक प्रकरणमा संसदीय समितिले गृहमन्त्रीलाई स्पष्टिकरण सोध्ने

  • बिहिवार, जेठ १७ २०८१

  • 803
    SHARES

  • ट्राफिक स्वयंसेवक प्रकरणमा संसदीय समितिले गृहमन्त्रीलाई स्पष्टिकरण सोध्ने

    काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग ट्राफिक स्वयंसेवक प्रकरणमा संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले स्पष्टिकरण सोध्ने भएको छ।

    गणतन्त्र दिवसको अवसरमा घोषणा गरेर मापसेसहित ट्राफिक नियम उल्लंघनको कारबाहीमा परेकालाई ट्राफिक स्वयंसेवक बनाउने निर्णय कुन कानुनअनुसार गरेको भनेर सोध्न समितिले भोलीका निम्ति गृहमन्त्रीलाई बोलाएको हो।

    आज बसेको समिति बैठकमा समसामयिक विषयमा भएको छलफलमा कुनै पदमा बसेको व्यक्तिको घोषणालाई कानुन मान्न नसकिने निष्कर्षपछि समितिमै गृहमन्त्रीलाई बोलाएर छलफल गर्ने समझदारी भएको हो।

    गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसका दिन महिला ट्राफिक प्रहरीलाई रजस्वला भएका बेला चार दिन सडकमा डिउटी गर्नु नपर्ने र ट्राफिक नियम उल्लंघन गर्नेलाई स्वयंसेवक परिचालन गरी ट्राफिक व्यवस्थापन गर्ने घोषणा गर्नुभएको थियो।

    गृहमन्त्रीको त्यही घोषणाका आधारमा बुधबारदेखि नै ट्राफिक प्रहरीले कारबाहीमा परेकाहरूलाई सडकमा उतारेको थियो।


    बिहिवार, जेठ १७ २०८१०४:५९:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij