Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

पार्टी भित्रको विवाद सचिवालय बैठकबाट हल गर्न प्रचण्डको माग

पार्टी भित्रको विवाद सचिवालय बैठकबाट हल गर्न प्रचण्डको माग

  • शनिवार, कार्तिक १५ २०७७

  • 1.5K
    SHARES

  • पार्टी भित्रको विवाद सचिवालय बैठकबाट हल गर्न प्रचण्डको माग

    प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीसंग अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल सचिवालय बैठक बोलाउन माग गर्नुभएको छ ।
    ओली र प्रचण्डबीच करिब ११ दिनपछि आज भेटवार्ता भएको हो । भेटका क्रममा प्रचण्डले तत्लका सचिवालय बैठक बोलाउन ओलीलाई दबाब दिएको बताईइको छ ।

    आजको छलफलमा कोभिड महामारीको नियन्त्रण तथा रोकथाम र सरकारको भूमिका, कर्णाली विवाद प्रकरण, रअ प्रमुख सामान्तकुमार गोयलसँगको भेट र पर्साको मुकेश चौरसिया घटना प्रकरण लगायतका समसामयिक विषयमा छलफल भएको छ ।
    यी विषयलाई सचिवालय बैठक बोलाएर छलफल गर्नुपर्ने माग प्रचण्डले गर्नुभएको हो । सचिवालय बैठक बोलाउन प्रधानमन्त्री ओली सकारात्मक भएको नेकपाका उपनेता सुवास नेम्वाङले जानकारी दिनुभयो । सचिवालय बैठक फेसनका लागि नभएर आवश्यकताका लागि बस्ने र अहिले कोरोना महामारी थप बढ्दै गएकोले आवश्यकता अनुसार लागि प्रधानमन्त्री बैठककालागि सकारात्मक देखिएको उहाँको भनाई छ ।
    पार्टी प्रवक्ता नारायकाजी श्रेष्ठले दुबै अध्यक्षलाई सचिवालय बैठक बोलाउनका लागि लिखित पत्र नै बुझाउनुभएको छ ।


    शनिवार, कार्तिक १५ २०७७०४:२५:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij