Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

केन्द्रीय सत्ता समीकरणकै आधारमा मधेसमा पनि सरकार बन्छः प्रधानमन्त्री ‘प्रचण्ड’

केन्द्रीय सत्ता समीकरणकै आधारमा मधेसमा पनि सरकार बन्छः प्रधानमन्त्री ‘प्रचण्ड’

  • बिहिवार, जेठ १७ २०८१

  • 739
    SHARES

  • केन्द्रीय सत्ता समीकरणकै आधारमा मधेसमा पनि सरकार बन्छः प्रधानमन्त्री ‘प्रचण्ड’

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय सत्ता समीकरणकै आधारमा मधेस प्रदेशमा सरकार निर्माण हुने दाबी गर्नुभएको छ। आज विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले केन्द्रको समीकरणभन्दा बाहिर गएर मधेस प्रदेशमा पनि अर्को सरकार नबन्ने बताउनुभयो।

    उहाँले नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहितको बैठकमा सहभागी हुनुलाई असहज रूपले नलिएको बताउनुभयो। उहाँले अध्यक्ष नेपाल पहिलेदेखि कहिले यता र उता जोडिनेजस्तो देखिए पनि अहिलेको समीकरणभन्दा बाहिर नजानेमा स्पष्ट रहेको बताउनुभयो ।

    कोशी प्रदेशलाई आवश्यकता र परिस्थितिअनुसार पर्याप्त बजेटको व्यवस्था भएको उहाँले चर्चा गर्नुभयो ।उहाँले कोशी प्रदेशलाई बजेट कम भयो भन्नेकुरा सही नभएको बताउनुभयो । प्रदेशको आवश्यकता र परिस्थितिअनुसार पर्याप्त बजेट विनियोजन गरेको बताउनुभयो ।

    उहाँले आगामी आर्थिक वर्षको बजेटमा धेरै कुरा नयाँ आएको उल्लेख गर्दै कृषि दशकको कुरा आफैँमा नयाँ कुरा भएको बताउनुभयो। यस्तै रोजगारी सिर्जना गर्ने जस्ता विषय पनि बजेटमा आएको उल्लेख गर्नुभएको छ ।


    बिहिवार, जेठ १७ २०८१०४:१३:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij