काठमाडौं। सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई थुनामा पठाउन अदालतले आदेश दिएको छ।
आज विशेष अदालत काठमाडौँका न्यायाधीश खुशीप्रसाद थारु, तेजनारायण सिंह राई र मुरारिबाबु श्रेष्ठको इजलासले पौडेललाई थुनामा पठाउने आदेश दिएको हो ।
जेठ ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । पौडेल भ्रष्टाचार मुद्दामा यसअघि पनि विभिन्न भ्रष्टाचारका मुद्दामा दोषी ठहर भएका थिए ।