काठमाडौं। सर्वोच्च अदालतको परमादेशपछी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त हुनु भएको छ। गत सोमबार सर्वोच्चले पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो ।
सर्वोच्चले खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै पाण्डेलाई नै मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको होे। तर, प्रदेश प्रमुखको कार्यालयमा सर्वोच्चको पत्र नआइपुगेका कारण नियुक्ति र शपथमा आजसम्म ढिलाइ भएको थियो।
आज अदालतको फैसलापछिको पत्र गण्डकी प्रदेशको प्रदेश प्रमुख कार्यालयमा पुगेपछी प्रदेश प्रमुख डिल्लीराज भट्टले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो।