Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

संवादहीनता तोड्दै ओली-प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

संवादहीनता तोड्दै ओली-प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

  • शनिवार, कार्तिक १५ २०७७

  • 1.0K
    SHARES

  • संवादहीनता तोड्दै ओली-प्रचण्डबीच बालुवाटारमा भेटवार्ता


    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्षबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ११ दिनपछि आज भेटवार्ता भएको हो। प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष दाहाल प्रचण्डबीच अहिले भेटवार्ता जारी छ।

    प्रचण्डको प्रेस संयोजक विष्णु सापकोटाले ओली–प्रचण्डको भेटवार्ताको पुष्टि गर्नुभएको छ । ओली–प्रचण्डबीच पछिल्लो पटक भेटघाट हुन सकेको थिएन । कात्तिक ३ गतेदेखि संवादहीनतामा रहेका प्रधानमन्त्री ओली र प्रचण्डबीच आज मात्रै भेट भएको हो ।
    प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेकपाभित्रको जारी विवाद समाधानबारे छलफल हुने बताइएको छ। मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली प्रकरण, पर्सा घटना लगायतमा ओली प्रचण्डबीच तनाव उत्पन्न भएको थियो ।

    संवाद रोकिएपछि प्रधानन्त्री ओली निकटका नेताहरु खुमलटार पुगेर प्रचण्डलाई बालुवाटार जान मनाएका थिए । खुमलटार पुगेका सबैजसो ओलीनिकट नेताहरूले दुई अध्यक्ष मिल्नुको विकल्प नरहेको सुझाव दिएका थिए ।


    शनिवार, कार्तिक १५ २०७७०२:०८:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij