काठमाडौं। सहकारी ठगी प्रकरणमा छानबिन गर्न सरकारले सात सदस्यीय ’सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’ गठन गरेको छ।
समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई÷दुई जना तथा नेकपा (माओवादी केन्द्र),राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक/एक जना सांसद रहेका छन् ।
कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने र बद्रीप्रसाद पाण्डे, एमालेबाट सरिता भुसाल र सूर्यबहादुर थापा क्षेत्री, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य हुनुहुन्छ।
उक्त समितिमा सूर्य थापा संयोजक तोकिनु भएको छ। समस्याग्रस्त र गोरखा मिडिया नेटवर्कमा गैरकानुनी ढङ्गले लगानी गरेका २९ वटा सहकारीमाथि छानबिन गर्न समितिलाई तीन महिनाको समय अवधि तोकिएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लामो समयदेखि संसदीय छानबिन समितिको माग गरेर संसद् चल्न नदिएपछि सरकारले समिति गठन गरेको हो।