Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमती

कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमती

  • सोमवार, जेठ १४ २०८१

  • 447
    SHARES

  • कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमती

    काठमाडौं। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया थप ३ दिन हिरासतमा रहने भएका छन्। नागरिकता कीर्तेको उजुरीमा अनुसन्धानका लागि पक्राउ परेका सिरोहियालाई आज तेस्रोपटक पनि ३ दिन हिरासतमा राख्न अदालतले अनुमती दिएको हो।

    यसअघी दुई पटक ३/३ दिन गरी ६ दिन हिरासतमा बसिसकेका उनलाई प्रहरीले थप ५ दिन हिरासतमा राख्न अनुमति माग गर्दै सोमबार जिल्ला अदालत धनुषामा पेश गरेको थियो।

    तर जिल्ला न्यायाधीश यदुराज शर्माको इजलासले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिनुभयोे। आज उनलाई काव्य अस्पतालबाट एम्बुलेन्समा राखेर जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला अदालत लगिएको थियो।

    नागरिकता दुरुपयोगसम्बन्धी कसुरमा रास्वपाका मधेश प्रदेश सदस्य इन्द्रजित प्रसाद महतोले दिएको जाहेरीको आधारमा सिरोहिया ८ जेठमा पक्राउ परेका थिए। उनी स्वास्थ्यमा समस्या आएको भन्दै गत शुक्रबार अस्पताल भर्ना भएका थिए।

     


    सोमवार, जेठ १४ २०८१०७:५२:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij