काठमाडौं। सर्वोच्च अदालतले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी विरुद्धको मुद्दामा बहस सकेको छ। अदालतमा आज दुवै पक्षको बहस सकिएर जवाफी बहस पनि भैसकेको सर्वोच्चले जानकारी दिएको छ।
निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अधिकारीले प्राप्त गरेको विश्वासको मतमा बहुमत नपुगेको भन्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो।
कुल ६० जना सांसद रहेको गण्डकी प्रदेश सभामा अधिकारीको पक्षमा ३० मत मात्रै परेको थियो। संविधानअनुसार विश्वासको मतका लागि कम्तीमा ३१ सिट हुनुपर्छ।
सभामुखले सोही ३० मतलाई मुख्यमन्त्रीले बहुमत पाएको घोषणा गरेपछी पाण्डेले सर्वोच्चमा रिट दायर गर्नुभएको हो।