Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

‘रवि देखिएका पात्र हुन्, सहकारी ठगीमा थुप्रैलाई जोगाउन ओली लागेका छन्’

‘रवि देखिएका पात्र हुन्, सहकारी ठगीमा थुप्रैलाई जोगाउन ओली लागेका छन्’

  • आइतवार, जेठ १३ २०८१

  • 680
    SHARES

  • ‘रवि देखिएका पात्र हुन्, सहकारी ठगीमा थुप्रैलाई जोगाउन ओली लागेका छन्’
    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगीविरुद्धको छानबिनको प्रक्रियालाई रोक्न एमाले अध्यक्ष केपी शर्मा ओलीले भाँजो हालेको बताउनुभएको छ। 
     
    पार्टीले गरेको विरोध सभामा बोल्दै शर्माले समिति चाहिँदैन भनेर बोल्नेमा एमाले अध्यक्ष ओलीले बोल्नु सत्ता, गिरीबन्धुको जग्गासहितको स्वार्थ बाझिएको बताउनुभएको हो।
     
    ‘सहकारी प्रकरणमा गृहमन्त्रीमाथि छानबिन समिति बनाएर कारबाही गर्नुपर्ने माग हाम्रो छ । तर । तर समिति चाहँदैन भनेर मेरो जिल्लाकै कमरेड केपी ओलीले बोल्नुभयो । रास्वपासँग भएको गणितले सत्ता टिकाउने भएकोले रवि दोषी र दण्डित देखिने हुँदा पनि चुपचाप बस्ने मनस्थितिमा उहाँ हुनुहुन्छ’, शर्माले भन्नुभयो, ‘सहकारी प्रकरणमा रवि लामिछाने देखिएका पात्र हुन् । तर यस्तो ठगीमा नदेखिएका धेरै एमालेका साथीलाई ओली जोगाउन चाहनुहुन्छ । यो एमालेकालाई बदनाम बनाउने चाहना हो भन्ने कुरा बिस्तारै बुझ्दै जानुहुन्छ ।’
     
    झापाको केपी ओलीलाई बुझ्न विश्वप्रकाशको जति सहजता भक्तपुरका रवि लामिछानेसँग नभएको शर्माले बताउनुभयो । सहकारीमा ओलीले रविलाई बचाउने र गिरीबन्धुमा रविले ओलीलाई बचाउन खोज्ने दुवै विषय अब छर्लङ्ग भएको उहाँले बताउनुभयो ।


    आइतवार, जेठ १३ २०८१०४:३३:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij