Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

‘टिओआरमा आज बेलुका वा भोलि बिहानसम्म समझदारी हुन्छ’: प्रधानमन्त्री ‘प्रचण्ड’

‘टिओआरमा आज बेलुका वा भोलि बिहानसम्म समझदारी हुन्छ’: प्रधानमन्त्री ‘प्रचण्ड’

  • आइतवार, जेठ १३ २०८१

  • 493
    SHARES

  • ‘टिओआरमा आज बेलुका वा भोलि बिहानसम्म समझदारी हुन्छ’: प्रधानमन्त्री ‘प्रचण्ड’

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिओआर बनाउने कुरामा आज बेलुका वा भोलि बिहानसम्म समझदारी हुने बताउनु भएको छ। आज प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले बजेट वक्तव्य आउनु अघि नै संसदीय छानबिन समिति बनाउन समझदारीमा पुगिने बताउनुभएको हो।

    उहाँले आफूले संसदमा भइरहेको गतिरोध अन्त्यका लागि निरन्तर प्रयास गरिरहेको बताउनुभयो। उहाँले टिओआर बनाउने कुरामा सबैले सकारात्मकता र लचकता प्रदर्शन गरेमा आइतबार साँझसम्ममा समझदारी हुनसक्ने बताउनुभयो।

    उहाँले भन्नुभयो, ‘‘मैले केही दिनदेखि लगातार राजनीतिक दलसँग, प्रतिपक्ष दलका नेताहरूसँग छलफल गरिराखेको छु। यो गतिरोधको अन्त्य गर्नको निम्ति प्रयास भइराखेको छ। हामी सहमति र समझदारीको धेरै नजिक पुगेको महसुस गरेका छौँ। आज बिहान मात्रै पनि मैले नेपाली कांग्रेसका सभापति लगायतका नेताहरूसँग बुढानीलकण्ठमा नै पुगेर सहमतिको प्रयास गरेको छु। मलाई के आशा छ भने आज र भोलिसम्म, बजेट वक्तव्य पढ्ने बेलासम्म सहमति र समझदारी बन्नेछ। अहिले भर्खरै रास्वपाको तर्फबाट स्वर्णिम वाग्लेले छानबिन समिति बनाउन हामीलाई आपत्ति छैन भन्नुभएको छ। संसदीय छानबिन समिति बनाउने कुरामा सबैको सहमति भई नै सकेको छ। अब त्यसको टिओआर बनाउने कुरामा सबैले सकारात्मकता र लचकता प्रदर्शन गर्दा मलाई लाग्छ आज बेलुकासम्म वा भोलि बिहानसम्म समझदारी हुनसक्छ।’

    उहाँले संसदीय समिति गठनमा सहमति भइसकेको उल्लेख गर्दै टिओआरमा पनि सहमतिको नजिकै पुगेको जानकारी दिनुभयो।


    आइतवार, जेठ १३ २०८१०३:०२:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij