Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

कैलाश सिरोहियालाई थप ५ दिन म्याद थप्न सिफारिस

कैलाश सिरोहियालाई थप ५ दिन म्याद थप्न सिफारिस

  • शुक्रवार, जेठ ११ २०८१

  • 1.3K
    SHARES

  • कैलाश सिरोहियालाई थप ५ दिन म्याद थप्न सिफारिस

    काठमाडौं। नागरिकता कीर्तेसम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पुनः ५ दिनको म्याद थप्न सरकारी वकिल कार्यालयले सिफारिस गरेको छ ।

    सरकारी वकिल कार्यालयले पहिलो दिन ५ दिनको दिनको म्याद थप्न सिफारिस दिएकोमा धनुषा जिल्ला अदालतले तीन दिनको म्याद थपेको थियो।

    आज पुनः ५ दिनको म्याद थप्न सिफारिस भएको जिल्ला न्यायाधिवक्ता सुदीपकुमार दंगालले जानकारी दिनुभयो। उनलाई झण्डै तीन घण्टापछि सरकारी वकिल कार्यालयबाट कडा सुरक्षाबीच धनुषा जिल्ला अदालत लगिएको छ।

    सिरोहियाको पक्षमा शम्भु थापासहित ५ वरिष्ठ अधिवक्ता र ७ जना अधिवक्ता आज बहस गर्ने तयारी पनि छ।


    शुक्रवार, जेठ ११ २०८१०३:२१:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij