Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

प्रतिपक्षी कांग्रेसको अवरोधले संसद् बैठक स्थगित

प्रतिपक्षी कांग्रेसको अवरोधले संसद् बैठक स्थगित

  • शुक्रवार, जेठ ११ २०८१

  • 550
    SHARES

  • प्रतिपक्षी कांग्रेसको अवरोधले संसद् बैठक स्थगित

    काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि आजको प्रतिनिधिसभा बैठक पनि स्थगित भएको छ।

    आज बसेको प्रतिनिधिसभा बैठक सुरू भएलगत्तै कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएपछी कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको हो।

    कांग्रेसको विरोधपछि सभामुख देवराज घिमिरेले जेठ १३ गते आइतबार बिहान ११ बजे बस्नेगरी बैठक स्थगित गरेको जानकारी दिनुभयो।

    सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको र छानबिनका लागि संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ ।


    शुक्रवार, जेठ ११ २०८१०१:२३:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij