Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

टर्कीमा शक्तिशाली भूकम्प: २६ जनाको मृत्यु, ८ सय घाइते

टर्कीमा शक्तिशाली भूकम्प: २६ जनाको मृत्यु, ८ सय घाइते

  • शनिवार, कार्तिक १५ २०७७

  • 1.9K
    SHARES

  • टर्कीमा शक्तिशाली भूकम्प: २६ जनाको मृत्यु, ८ सय घाइते

    टर्कीमा गएको भूकम्पमा परी कम्तीमा पनि २६ जनाको मृत्यु भएको छ। कम्तिमा पनि ८ सय जना घाइते भएका छन्। शुक्रबार टर्कीमा ७ म्याग्निच्युडको भूकम्प गएको थियो।

    भूकम्पको धक्का टर्कीको छिमेकी देश ग्रिसमा पनि महसुस गरिएको थियो। भूकम्पमा परी टर्कीमा २४ र ग्रिसमा २ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

    एजियन सागरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। भूकम्पले टर्कीको समुद्री किनारमा रहेको इज्मिर सहरमा धेरै क्षति पुगेको छ। भत्किएका भवनभित्र अझै धेरै मानिस फसेको अनुमान अधिकारीहरुले गरेका छन्।

    भूकम्पपछि टर्कीको पश्चिमी किनारमा सानो सुनामीसमेत आएको थियो। भूकम्पपछि टर्कीमा सानाठूला एक सय ९६ वटा परकम्प गएको छ।

     


    शनिवार, कार्तिक १५ २०७७११:११:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij