Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

कैलाश सिरोहिया पक्राउ प्रकरणः एमाले र रास्वपाको दबाबमा प्रचण्ड, सञ्चारमाध्यमप्रति गृहमन्त्री लामिछाने आक्रोशित (खासखबर)

कैलाश सिरोहिया पक्राउ प्रकरणः एमाले र रास्वपाको दबाबमा प्रचण्ड, सञ्चारमाध्यमप्रति गृहमन्त्री लामिछाने आक्रोशित (खासखबर)

  • बिहिवार, जेठ १० २०८१

  • 981
    SHARES

  • कैलाश सिरोहिया पक्राउ प्रकरणः एमाले र रास्वपाको दबाबमा प्रचण्ड, सञ्चारमाध्यमप्रति गृहमन्त्री लामिछाने आक्रोशित (खासखबर)

    काठमाडौं। कुनै पनि नेता, शासक सत्ता र शक्तिको माथमा लाग्यो भने आम जनताले दुःख पाउँछन् त्यो सत्य कुरा हो। नेपालमा पनि पटकपटक यस्ता प्रयासहरु भएका छन्।

    सामान्य नागरिकलाई सत्ता शक्तिको दुरुपयोग गरी विभिन्न समयमा दुःख दिएका दृष्टान्तहरु छन्। विगतमा विभिन्न शासनकालमा जनताले दुःख पाएका घटना अहिलेपनि बहसका रुपमा आउने गरेका छन्।

    पछिल्लो समय कान्तिपूर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा यस्तै बहस शुरु भएको छ। गृहमन्त्री रवि लामिछानेको दबाबमा प्रधानमन्त्री पुष्पकमल दाहालले सिरोहियालाई पक्राउको निर्देशन दिएको वरिष्ठ पत्रकार प्रतिक प्रधानको भनाइ छ ।

    गृहमन्त्री लामिछानेमाथि पनि सहकारीको बचत रकम अपचलन गरेको आरोप लागेको छ। त्यो अनियमिततालाई दबाउनका लागि उहाँ सक्रिय भएको आरोप समेत लाग्ने गरेको छ। जसको पहिलो कदम सिरोहिया पक्राउ रहेको प्रतिपक्षी दल कांग्रेसको आरोप छ।

    नेकपा एमालेका नेता विष्णु रिजालले समेत गृहमन्त्री लामिछानेको भूमिकामा प्रश्न उठाएका छन्। लामिछाने सञ्चारमाध्यमसँग जुध्ने लाइनमा रहेको बताउँदै उहाँले प्रश्न उठिसकेपछि न्यायिक निरुपण खोज्नु पनि स्वभाविक रहेको तर्क गर्नुभयो।

    नेपाल समाजवादी पार्टीकी नेतृ मानुसी भट्टराईले सार्वजनिक व्यक्तिमाथि भएको दुव्र्यवहार गलत रहेको दाबी गर्नुभयो। आफै अनुसन्धानलाई सहयोग गर्छु भन्ने व्यक्तिमाथि यतिधेरै धरपकड आवश्यक नरहेको उहाँको भनाइ थियो। यद्यपि अनुसन्धानमा गइसकेकोले निष्पक्ष हुनुपर्ने भट्टराईको तर्क छ।

    मुलुकमा भएका हरेक क्षेत्रका भ्रष्टाचारकाण्डहरुलाई किनारा लगाउन गतिलो सरकारको आवश्यकता रहेको छ। तर, सरकारनै अस्थिर बन्ने र सरकारमै रहेकाहरु कुनै न कुनै काण्डमा जोडिएका कारण सत्यतथ्य अनुसन्धान हुन सकेको छैन। जनतालाई विश्वास दिलाउन र सुशासन कायम गर्नका लागि सत्ता र शक्तिमा रहेकाहरु सुध्रिन जरुरी छ।


    बिहिवार, जेठ १० २०८१०८:०८:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij