काठमाडौं। सहकारीको रकम हिनामिना र अपचलन सम्बन्धी गठन गर्ने भनिएको संसदीय छानबिन समितिका लागि कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक सुरु भएको छ।
सिंहदरबारस्थित कानुन मन्त्रालयमा बैठक केहीबेर अघिमात्र सुरु भएको हो। आजको बैठकमा सत्ता पक्षबाट कांग्रेसले माग गरेको विषयहरूमा एउटा मस्यौदा प्रस्तुत गर्ने र त्यसमा कांग्रेसले सहमति जनाए कार्यादेश टुंगो लाग्ने बताइएको छ।
यदि सहमति जुट्न नसके कार्यादेश टुंगो लाग्ने छैन। कार्यदलमा सरकारको तर्फबाट कानुनमन्त्री पदम गिरी,नेकपा एमालेको तर्फबाट प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल हुनुहुन्छ ।