Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

प्रमुख प्रतिपक्षी कांग्रेस सहकारीपीडितको मुद्दा लिएर सडक प्रदर्शनमा उत्रिँदै

प्रमुख प्रतिपक्षी कांग्रेस सहकारीपीडितको मुद्दा लिएर सडक प्रदर्शनमा उत्रिँदै

  • बुधवार, जेठ ९ २०८१

  • 615
    SHARES

  • प्रमुख प्रतिपक्षी कांग्रेस सहकारीपीडितको मुद्दा लिएर सडक प्रदर्शनमा उत्रिँदै

    काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सडक प्रदर्शनमा उत्रिने भएको छ। आज बसेको कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठकले सहकारीपीडितको मुद्दा लिएर सडकमा निस्कने निर्णय गरेको हो ।

    सहकारी ठगीको आरोप लागेका गृहमन्त्रीमाथि संसदीय छानबिन माग गर्दै सदन अवरुद्ध गरेको नेपाली कांग्रेसले शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा आन्दोलन गर्ने निर्णय गरेको हो ।

    कांग्रेसले आफ्नो निर्णयमा सहकारीका बचतकर्ताको बचत फिर्ता र ठगी संलग्नमाथि कारबाही माग गरेको छ। उसले नेपाली कांग्रेसमाथि सदनमा गृहमन्त्रीले लगाएको गम्भीर आरोपमाथि छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेको छ।


    बुधवार, जेठ ९ २०८१०२:५४:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij