Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

सिरोहिया पक्राउका विषयमा अनावश्यक टिप्पणी गर्न जरुरी छैनः प्रचण्ड

सिरोहिया पक्राउका विषयमा अनावश्यक टिप्पणी गर्न जरुरी छैनः प्रचण्ड

  • बुधवार, जेठ ९ २०८१

  • 915
    SHARES

  • सिरोहिया पक्राउका विषयमा अनावश्यक टिप्पणी गर्न जरुरी छैनः प्रचण्ड

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउका विषयमा अनावश्यक टिप्पणी गर्न जरुरी नरहेको बताउनु भएको छ।

    काठमाडौंमा आजदेखि सुरु भएको ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवाद’ कार्यक्रम उद्घाटनपछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै अदालती प्रक्रियामा भएको कुरामा ‘हो–हल्ला’ गर्न जरुरी नरहेको बताउनु भएको हो ।

    ‘यो अदालतले प्रक्रिया अगाडि बढाऊ भनिसकेपछि अदालती प्रक्रिया बुझ्याछु मैले’, ‘प्रधानमन्त्री प्रचण्डले भन्न्ुभयो, ‘यो बढ्ता हो–हल्ला गर्न जरुरी छैन ।’

    त्यसपछि सञ्चारर्मीले ‘सरकारले रिसिबी साध्यो भन्ने आरोप छ नि ?’ भनेर प्रश्न राखेका थिए । उक्त प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले भन्न्ुभयो, ‘त्यो गलत कुरा हो । उहाँसँग के को रिसिबी ?’

    गृहमन्त्री रवि लामिछाने व्यक्तिगत रुपमै प्रस्तुत भएको आरोप पनि प्रधानमन्त्री प्रचण्डले खण्डन गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यो मान्छेले भन्ने कुरा हो । यो अब अदालती प्रक्रियामा उहाँ निर्दोष हुनुहुन्छ भने सजिलै छुट्नुहुन्छ, यो हल नै भइहाछ ।’

    नागरिकता दुरुपयोग गरेको भन्दै उजुरी परेपछि सिरोहिया मंगलबार पक्राउ पर्नुभएको हो । उनलाई मंगलबार नै धनुषा पु¥याइएको थियो । अनुसन्धान गर्ने म्याद लिनका लागि प्रहरीले आज धनुषा जिल्ला अदालतमा पेश गरेको छ ।


    बुधवार, जेठ ९ २०८११२:४८:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij