Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

कांग्रेसले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

कांग्रेसले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

  • सोमवार, जेठ ७ २०८१

  • 848
    SHARES

  • कांग्रेसले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक
    काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । संसद्मा देखिएको गतिरोधसहितका समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेसले आगामी बुधबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाएको हो ।
     
    सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले निष्पक्ष अनुसन्धानका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ ।
     
    सोमबार कांग्रेससहित विपक्षी दलको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनुभएको छ। कांग्रेसले यसलाई संसदीय मूल्य र मान्यता विपरीत भनेर टिप्पणी गरेको छ ।
     
    साथै, सभामुख देवराज घिमिरेले पनि पार्टी कार्यकर्ताको भूमिका निभाएको आरोप कांग्रेसले लगाएको छ । 
     
    कांग्रेसले विपक्षी ५ दलसँग मिलेर सदन र सडकबाट सहकारी प्रकरणको विषयमा छानबिन समिति गठनमा दबाब बढाउने निर्णय संसदीय दलको बैठकबाट गरेको छ । 
     
    आइतबार मात्रै गृहमन्त्री रवि लामिछानेले कांग्रेसका नेता विशेषलाई आरोपित गर्दै भ्रष्टाचार र अनियमितताको आरोप लगाउनुभएको छ। यस्तो आरोपको पुष्टि गर्न समेत कांग्रेसले गृहमन्त्रीलाई चुनौती दिएको छ । 
     
    यही विकसित राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न कांग्रेसले बुधबार केन्द्रीय कार्यालयमा बस्ने गरी केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाएको हो ।


    सोमवार, जेठ ७ २०८१०४:४९:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij