Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्डलाई चौथोपटक विश्वासको मत

प्रधानमन्त्री प्रचण्डलाई चौथोपटक विश्वासको मत

  • सोमवार, जेठ ७ २०८१

  • 289
    SHARES

  • प्रधानमन्त्री प्रचण्डलाई चौथोपटक विश्वासको मत

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले संसदमा चौथो पटक विश्वासको मत पाउनु भएको छ। प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा भएको मतविभाजनमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउनुभएको हो ।

    जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिनुभएको हो । प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा १५७ मत खस्यो भने विपक्षमा शून्य मत परेको छ। एक सांसद तटस्थ बसे। बैठकमा १५८ मत खसेको थियो।

    सभामुख देवराज घिमिरेले उक्त मत सुनाएलगत्तै प्रधानमन्त्री प्रचण्डले बहुमत प्राप्त गरेको घोषणा गर्नुभएको थियो ।प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागिरहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूले चर्को नाराबाजी गरेका थिए।

    कांग्रेससहित विपक्षी दलहरूले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै बैठक अवरोध गरेका हुन्।


    सोमवार, जेठ ७ २०८१०१:१६:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij