काठमाडौं। आफूले विश्वासको मत लिने क्रममा प्रतिनिधिसभामा कांग्रेसले अवरोध गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल संसदमा आक्रोशित रूपमा प्रस्तुत हुनुभएको छ।
एमाले नेता विष्णु पौडेलले बोलेपछि रोस्ट्रममा जवाफ दिन पुगेका प्रधानमन्त्री प्रचण्डले आफूले कांग्रेसलले पटक–पटक सहयोग गरे पनि आजको गतिविधिले दुःखी बनाएको बताउनु भएकोहो ।
प्रधानमन्त्री प्रचण्डले अवरोधमा उत्रिएका कांग्रेस सांसदलाई सम्बोधन गर्दै भन्न्ुभयो, ’तपाईंहरूले आज बहुत गलत गर्नुभयो भन्ने मलाई लागेको छ । नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले पटक–पटक तपाईंहरूलाई साथ थियो त्यसलाई संविधानअनुसार विश्वासको मत लिन नदिएर तपाईंहरूले एउटा नराम्रो उदाहरण पेस गर्नुभयो त्यसको निम्ति म गहिरो दुःख व्यक्त गर्न चाहन्छु ।’
त्यस्तै प्रधानमन्त्री दाहालले आजको गतिविधिका कारण कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्ने पनि बताउनुभयो।