Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित

राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित

  • आइतवार, जेठ ६ २०८१

  • 463
    SHARES

  • राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित

    काठमाडौं । संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा बैठक स्थगित भएको छ । सोमबार दिउँसो सवा १ बजे बस्ने गरी राष्ट्रिय सभा बैठक स्थगित भएको हो ।

    यसअघि आइतबार दिउँसो सवा १ बजे बस्ने भनिएको बैठक विशेष कारण देखाउँदै दिउँसो सवा ३ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

    राष्ट्रिय सभाका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठक जेठ ७ गते सोमबार दिउँसो सवा १ बजेका लागि निर्धारण गरिएको उल्लेख छ ।

    सत्ता पक्ष र प्रतिपक्षबिच सहकारी ठगीको विषयमा छानबिन समिति बनाउने सहमति भएपनि टीओआरमा नबनिसकेकाले नभएकाले बैठक स्थगित गरिएको बताइएको छ । टीओआरबारे दलहरू निरन्तर छलफलमा छन् ।

    r_IHCHocQ12F.jpg


    आइतवार, जेठ ६ २०८१०४:०१:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij