Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

सहकारी प्रकरणमा गृहमन्त्रीमाथी पनि अनिवार्य छानबिन हुन्छः दिपक खड्का

सहकारी प्रकरणमा गृहमन्त्रीमाथी पनि अनिवार्य छानबिन हुन्छः दिपक खड्का

  • आइतवार, जेठ ६ २०८१

  • 539
    SHARES

  • सहकारी प्रकरणमा गृहमन्त्रीमाथी पनि अनिवार्य छानबिन हुन्छः दिपक खड्का

    काठमाडौं। नेपाली कांग्रेसले सहकारी प्रकरणको छानबिन गर्न बन्ने संसदिय समितिले समग्र सहकारी प्रकरणसँगै गृहमन्त्री रवि लामिछानेमाथी पनि छानबिन गर्ने बताएको छ।

    नेपाली कांग्रेसका नेता तथा सांसद दिपक खड्काले हिजो साँझ सत्तापक्ष र प्रमुख प्रतिपक्षबिच भएको संसदीय छानबिन समिति बनाउने सहमतीमा क्षेत्राधिकारको विषय टुंगो लगाउन बनाइएको चार सदस्यीय कार्यदलले गृहमन्त्रीमाथी पनि छानबिन गर्नेगरी निर्णय गर्ने बताउनु भयो।

    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँगको कुराकानीका क्रममा नेता खड्काले हिजो बसेको बैठकमा पनि समितिको क्षेत्राधिकारमा उपप्रधान तथा गृहमन्त्री लामिछानेको नाम राख्नुपर्ने कांग्रेसले प्रष्टसँग अडान राखेकोले संसदीय समितिको टिओआरमा पनि यो कुरा प्रष्टसँग राखिने बताउनुभयो।

    हिजो प्रधानमन्त्री निवासमा बसेको बैठकमा छानबिन समितिको क्षेत्राधिकारका सम्बन्धमा कांग्रेसको मागमा सत्तारूढ दलले नमानेपछि कार्यदल तहबाट टुंगो लगाउन समझदारी बनेको हो।

    जसअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र रास्वपाका सांसद शिशिर खनाल सदस्य रहेको कार्यदल बनेको छ । यो कार्यदलले आजैदेखी काम थाल्ने नेता खड्काले बताउनुभयो।


    आइतवार, जेठ ६ २०८१०८:११:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij