Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

सहकारी प्रकरणमा छानबिन समिति बनाउने समझदारी, टीओआर भोलि तयार पारिने, गृहमन्त्रीबारे भने अझै अन्यौल(खासखबर)

सहकारी प्रकरणमा छानबिन समिति बनाउने समझदारी, टीओआर भोलि तयार पारिने, गृहमन्त्रीबारे भने अझै अन्यौल(खासखबर)

  • शनिवार, जेठ ५ २०८१

  • 1.4K
    SHARES

  • सहकारी प्रकरणमा छानबिन समिति बनाउने समझदारी, टीओआर भोलि तयार पारिने, गृहमन्त्रीबारे भने अझै अन्यौल(खासखबर)

    काठमाडौं।लामो रस्साकस्सी पछि अन्ततः सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरु सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समिति बनाउन सहमत भएका छन्।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा आज साँझ बसेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलगायत शीर्ष नेताहरूको बैठकमा यस्तो सहमति जुटेको हो। यद्यपि, सहमति उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि केन्द्रित भएर हो वा होइन भन्नेबारे स्पष्ट भइसकेको छैन।

    कांग्रेसले सहकारीको बचत हिनामिना प्रकरणमा गृहमन्त्री लामिछानेमाथि नै केन्द्रित भएर संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको थियो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मुख्य दलका शीर्ष नेताहरूको बैठकबाट संसदीय छानबिन समिति बनाएर जाने सहमति भएको बताउनुभयो।

    उहाँले उक्त समितिको टीओआर बनाउन कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गर्नेसमेत शीर्ष नेताहरुले सहमति भएको जानकारी दिनुभयो। कार्यदलमा एमालेका महेश बर्तौला, कांग्रेसका जीवन परियार र रास्वपाका शिशिर खनाल रहनेछन्। उक्त कार्यदलले भोलि टीओआर बनाउनेछ ।

    कांग्रेसले गृहमन्त्री लामिछाने मुछिएको सहकारी प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्दै राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठकमा निरन्तर अवरोध गर्दै आएको थियो। सत्तापक्ष संसदीय छानबिन समिति बनाउन तयार भए पनि गृहमन्त्री लामिछानेको नाम तोक्ने पक्षमा छैन।

    यसअघि छानबिन समिति नबनेसम्म गृहमन्त्रीलाई संसद्मा बोल्न नदिने अडान राखेको कांग्रेसले संसद्मा गलत अभ्यास गरेको विपक्षी दलहरुले आरोप लागाएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनबाट विश्वासको मत लिन सोमबारका लागि समय माग गर्नुभएको छ, यसमा समेत कांग्रेस सशंकीत बनेको थियो।

    अध्यादेश ल्याएर बजेट पारित गर्ने रणनीतिमा सत्तापक्ष रहेपछि कांग्रेस आतिएको हो। माओवादी केन्द्रका सांसद एवं पूर्वमन्त्री सुदन किराँतीले संसदीय व्यवस्थामा गलत अभ्यास भइरहेपनि कांग्रेसले अहिलेको अवस्थामा गृहमन्त्रीलाई बोल्न दिएर निर्णय लिन सक्नुपर्ने बताउनुभयो।

    यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सरकारले गलत अभ्यास गरिरहेको बताएको छ।अहिलेकै अवस्थामा गृहमन्त्रीमाथि विश्वास गर्न नसकिने राप्रपा सांसद धवलशम्शेर जबराले बताउनुभयो। तालूकदार मन्त्रालयको प्रमुखले निष्पक्ष छानबिन हुन नदिने उहाँको तर्क छ।

    पछिल्लो समय संसदमा देखिएको अमर्यादित दृष्यले जग हसाँएको छ। लोकतन्त्रमा विश्वास गर्ने पार्टीहरु भागबण्डाको राजनीतिमा प्रवेश गर्दा जनताले दुख पाइरहेका छन्। हरेक ठाउँमा काले काले मिलेर खाउ भाले मात्रै भएको देखिन्छ। अब भने दलहरु यसबाट सच्चिन जरुरी छ।

     


    शनिवार, जेठ ५ २०८१०८:०५:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij