Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउने शीर्ष नेताबीच सहमति

सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउने शीर्ष नेताबीच सहमति

  • शनिवार, जेठ ५ २०८१

  • 1.0K
    SHARES

  • सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउने शीर्ष नेताबीच सहमति

    काठमाडौं। सरकार र प्रतिपक्षी दलबिच सहकारी प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति बनाउने सहमति जुटेको छ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा आज साँझ बसेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली,उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायत शीर्ष नेताहरूको बैठकमा यस्तो सहमति जुटेको हो ।

    यद्यपि, सहमति उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि केन्द्रित भएर हो वा होइन भन्नेबारे स्पष्ट भइसकेको छैन।

    कांग्रेसले सहकारीको बचत हिनामिना प्रकरणमा गृहमन्त्री लामिछानेमाथि नै केन्द्रित भएर संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको थियो।

    बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मुख्य दलका शीर्ष नेताहरूको बैठकबाट संसदीय छानबिन समिति बनाएर जाने सहमति भएको बताउनुभयो।

    उहाँले समिति बनाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकारका तर्फबाट सहजीकरण गर्ने निर्णय भएको पनि जानकारी दिनुभयो ।


    शनिवार, जेठ ५ २०८१०७:५७:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij