काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलकै क्रममा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको इन्ट्री भएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री माथी प्रश्न उठाएर छानबिन समिति गठनको मागमा गरेको अवरोेधले प्रभावित सदन खुलाउने बारे चलिरहेको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति समेत रहनुभएका गृहमन्त्री लामिछानेलाई पनि बोलाइएको हो।
आजको बैठक संसद्को अवरोध हटाउनका लागि निर्णयक बैठक हुनसक्ने आंकलन गरिएको छ। प्रधानमन्त्रीले पनि भोलिसम्ममा संसद्को अवरोध हटाउन सहमति जुट्ने बताइसक्नु भएको छ।
आज बिहान सदनको गतिरोध हटाउन कांग्रेस नेताहरूसँग प्रधानमन्त्री प्रचण्डले छलफल गर्नुभएको थियो। सो छलफलमा प्रधानमन्त्री प्रचण्ड समिति बनाउने विषयमा सकारात्मक देखिनुभएको थियो ।