Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

सरकार वैदेशिक रोजगारीका समस्या समाधानमा लागोस् : शेरबहादुर देउवा

सरकार वैदेशिक रोजगारीका समस्या समाधानमा लागोस् : शेरबहादुर देउवा

  • शनिवार, जेठ ५ २०८१

  • 426
    SHARES

  • सरकार वैदेशिक रोजगारीका समस्या समाधानमा लागोस् : शेरबहादुर देउवा

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधानमा लाग्न सरकारसँग आग्रह गर्नुभएको छ।

    आज काठमाडौंमा आयोजित नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको १२औं साधारण सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका सभापति देउवाले नेपालमा वैदेशिक रोजगारी महत्वपूर्ण रहेको बताउनु भयो।

    उहाँले विदेशमा रोजगार गर्न जाने कुरा र त्यहाँ श्रमीकहरुले पाइरहेको दुःखका बारेमा आफू जानकार रहेको भन्दै श्रमीकलाई भइरहेको शोषणको समस्या रोक्न आग्रह गर्नुभयो।

    उहाँले वैदेशिक रोजगारीमा गएका नेपालीबाट देशमा आउने रेमिट्यान्ससँगै श्रमीकहरुको समस्या समाधानमा आवश्यक भुमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले श्रमीकहरु ठगिनु, दुःख पाउनु नहुने बताउनुभयो ।

    सभापति देउवाले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनलाई दुःख पाएका नेपालीहरुले समस्या समाधान गर्ने काममा लाग्न पनि निर्देशन दिनुभयो ।


    शनिवार, जेठ ५ २०८१०३:३४:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij