Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

सत्ता र प्रतिपक्षीको अडानले बजेट अधिवेशन नै प्रभावित,संसदीय छानबिन समिति बनाउनैपर्नेमा विपक्षीको एकमत, ओलीले संसद विघटन गर्न खोजेको आरोप(खासखबर)

सत्ता र प्रतिपक्षीको अडानले बजेट अधिवेशन नै प्रभावित,संसदीय छानबिन समिति बनाउनैपर्नेमा विपक्षीको एकमत, ओलीले संसद विघटन गर्न खोजेको आरोप(खासखबर)

  • शुक्रवार, जेठ ४ २०८१

  • 755
    SHARES

  • सत्ता र प्रतिपक्षीको अडानले बजेट अधिवेशन नै प्रभावित,संसदीय छानबिन समिति बनाउनैपर्नेमा विपक्षीको एकमत, ओलीले संसद विघटन गर्न खोजेको आरोप(खासखबर)

    काठमाडौं। सहकारीको बचत अपचलनमा मुछिएका गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेमाथि संसदीय छानबिनको माग गरेको प्रमुख प्रतिपक्षी कांग्रेस र सत्तापक्षबीच बढेको असमझदारीले गर्दा संसदको बजेट अधिवेशन नै प्रभावित हुन पुगेको छ। संसदमा बजेट पेश गर्ने समय आउनै लाग्दा प्रतिनिधिसभा मुठभेडमै परिणत भएको छ।

    सत्तापक्ष र प्रतिपक्षी दलहरुबीच समझदारी नबन्दा संसद वन्धक बनेको हो। संसदमा हिजो जे भयो त्यो सबै कांग्रेसको कारणले भएको एमालेको तर्क छ। पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अभद्र व्यवहार गरेको आरोप समेत एमालेले लगाएको छ भने नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे संसदीय मर्यादामा नबसेको निष्कर्ष निकालेको छ।

    आज बिहान बसेको संसदीय दलको बैठकले सभामुख संसदीय मर्यादामा नबसेको निष्कर्ष निकालेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । लेखकले सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन पार्टीको न्यूनतम माग भएको जानकारी दिनुभयो । समिति गठन नभएसम्म पार्टी आफ्नो अडानबाट दायाँबायाँ नहुने तर्क लेखकले गर्नुभयो।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली काँग्रेसले असभ्य व्यवहार गरेको बताउनुहुन्छ। बिहीवारको प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङको व्यवहार असभ्य भएको उहाँको भनाइ छ। अध्यक्ष ओलीले काँग्रेसले उत्ताउलो पन देखाएर सत्तापक्ष र मन्त्री बसेको रोमा आएको बताउनुभयो।

    यता, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले एमाले अध्यक्ष केपी शर्मा ओली संसद विघटनको लाइनमा रहेको दाबी गर्नुभएको छ। संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले सहकारी प्रकरणमा गृहमन्त्री लचिलो भएपनि ओलीले संसद विघटन गर्ने लाइनमा भूमिका खेलेको आरोप लगाउनुभएको हो।

    सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति बनाउनु पर्ने मागमा विपक्षी दलहरू एकमत भएका छन्। आज नेपाली कांग्रेसको आयोजनामा बसेको विपक्षी दलका शीर्ष नेताको बैठकले छानबिन समिति बनाउने माग गर्ने निर्णय गरेको हो।बैठकमा कांग्रेसका साथै, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेता सहभागी थिए।

    आजका लागी तय प्रतिनिधिसभाको बैठक पनि बस्दै नबसी स्थगित भयो। आज बिहान ११ बजे बस्नेगरी बोलाइएको बैठक प्रतिपक्षी कांग्रेससँग सहमती गर्ने प्रयासस्वरुप दिउँसो २ बजेका लागी बोलाइएकोमा दिउँसो ३ बजेसम्म पनि बस्न नसकेपछी आगामी आइतबार बिहान ११ बजेसम्मको लागि स्थगित गरिएको हो। उता आज नेपाली कांग्रेसले राष्ट्रिय सभाको आजको बैठक पनि अवरुद्ध गरेको छ ।

    कांग्रेसको अवरोधपछि अध्यक्षले राष्ट्रिय सभाको बैठक पनि आइतबार १ः१५बजेसम्मका लागि स्थगित भएको छ।कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानबाट पछि नहट्ने बटमलाइन बनाएको छ।सदनको गतिरोध हटाउन प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई फकाउने तयारीमा हुनुहुन्छ भने त्यसअघि उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछानेसँग पनि छलफल गर्नुभएको थियो।


    शुक्रवार, जेठ ४ २०८१०८:०७:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij