Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री र प्रतिपक्षी कांग्रेसबिचको बैठक स्थगित

प्रधानमन्त्री र प्रतिपक्षी कांग्रेसबिचको बैठक स्थगित

  • शुक्रवार, जेठ ४ २०८१

  • 971
    SHARES

  • प्रधानमन्त्री र प्रतिपक्षी कांग्रेसबिचको बैठक स्थगित

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबिच आज हुने भनिएको बैठक सरेको छ। आज साँझ ६ बजे बस्ने गरि बोलाएको उक्त बैठक अन्तिम समयमा आएर बैठक सरेको हो।

    कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठक भोलि बिहान ९बजे बस्ने जानकारी आएको बताउनुभयो। प्रधानमन्त्रीले सदनमा देखिएको अवरोधका विषयमा छलफल गर्न बैठक बोलाउनुभ भएको हो ।

    कांग्रेसले सहकारीको बचत अपचलन र ठगीमा गृहमन्त्री रवि लामिछाने दोषी भएको भन्दै संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने अडानमा छ।

    सोही विषयमा कुरा नमिल्दा हिजोको प्रतिनिधिसभा बैठकमा मुठभेड भएको थियो भने आजको बैठक सूचना टाँसेर स्थगन भएको थियो।


    शुक्रवार, जेठ ४ २०८१०८:०३:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij