Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

न्यायपालिकाको सुदृढीकरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

न्यायपालिकाको सुदृढीकरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

  • शुक्रवार, जेठ ४ २०८१

  • 454
    SHARES

  • न्यायपालिकाको सुदृढीकरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायपालिकाको सुदृढीकरणका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। आज १६औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले न्यायपालिकाको पुनः संरचना,संविधानको कार्यान्वयनमा सरकार क्रियाशील रहँदै आएको स्पष्ट पार्नुभयो।

    उहाँले भन्नुभयो,‘न्यायपालिकाको पुनः संरचना र संविधान कार्यान्वयनमा सरकार निरन्तर क्रियाशील छ,न्यायपालिकाको सुदृढीकरण र बार एसोसिएसनलाई अझ सक्षम बनाउन सरकार प्रतिबद्ध भएर लाग्नेछ ।’

    लोकतन्त्र र कानुनको शासन सभ्य समाजको पहिचान भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले न्यायपालिकाले कानुनी शासनको रक्षा गर्नुपर्ने बताउनुभयो ।

    नेपालको लोकतन्त्रलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रियरूपमा महत्त्वका साथ हेरिँदै आएको उल्लेख गर्दै उहाँले नेपालमा शान्ति र लोकतन्त्र स्थापनाका निम्ति नेपाल बार एसोसिएसनले खेलेको भूमिका स्मरणीय रहेको बताउनुभयो।


    शुक्रवार, जेठ ४ २०८१०४:२७:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij