Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

आजको प्रतिनिधिसभाको बैठक पनि बस्दै नबसी स्थगित

आजको प्रतिनिधिसभाको बैठक पनि बस्दै नबसी स्थगित

  • शुक्रवार, जेठ ४ २०८१

  • 552
    SHARES

  • आजको प्रतिनिधिसभाको बैठक पनि बस्दै नबसी स्थगित

    काठमाडौं। आजका लागी तय प्रतिनिधिसभाको बैठक पनि बस्दै नबसी स्थगित भएको छ। आज बिहान ११ बजे बस्नेगरी बोलाइएको बैठक प्रतिपक्षी कांग्रेससँग सहमती गर्ने प्रयासस्वरुप दिउँसो २ बजेका लागी बोलाइएकोमा दिउँसो ३ बजेसम्म पनि बस्न नसकेपछी आगामी आइतबार बिहान ११ बजेसम्मको लागि स्थगित गरिएको हो।

    हिजोको बैठकमा कांग्रेस र एमालेका सांसदहरूबीच धकेलाधकेल भएपछि आज ११ बजेका लागि बैठक बोलाइएको थियो। तर, दलहरुबीच कुरा नमिल्दा बैठक बस्नै सकेन ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विपक्षी दलका नेताहरूसँग संवाद गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गर्नुभएको हो। सभामुखले आगामी बैठक सौहार्दपूर्ण वातावरणमा सञ्चालन हुने विश्वास लिनुभएको छ।

    कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानबाट पछि नहट्ने बटमलाइन बनाएको छ। तर, सहकारी प्रकरणमा समिति गठन हुने विषयमा सहमतिको सम्भावना कमजोर बन्दै गइरहेको छ।

    सदनको गतिरोध हटाउन प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई छलफलको लागि आज बालुवाटार बोलाउनु भएको छ। त्यसअघि उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछानेसँग पनि छलफल गर्नुभएको थियो।


    शुक्रवार, जेठ ४ २०८१०३:३३:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij