काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग आज सँझ गम्भिर छलफल गर्नुहुने भएको छ।संसदमा कायम गतिरोध अन्त्य गर्न र संसद सुचारु गर्नका लागी सहमती जुटाउन उहाँले कांग्रेस नेताहरूलाई साँझ ६ बजे बालुवाटार बोलाउनु भएको हो।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग राखिरहेको कांग्रेसले आज विपक्षी अन्य दलसँग संयुक्त छलफल गरेको थियो। विपक्षी मोर्चाको उक्त बैठकले संसदीय छानबिन समिति नै चाहिने निष्कर्ष निकालेको छ।
राप्रपाले भने गृहमन्त्रीलाई सदनमा बोल्न दिनुपर्ने प्रस्ताव राखेपनि त्यसमा केही निचोड भने निस्कन सकेन। विपक्षी दलहरू छलफलमा जुटिरहँदा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेबीच सिंहदरबारमा केहिबेर छलफल भएको थियो।