काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेपछी राष्ट्रियसभा बैठक आइतबार सम्मका लागी स्थगित भएको छ। आज बैठकको सुरुमै कार्यतालिकामै प्रवेश गर्न नपाउँदै कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएपछि जेठ ६ गते आइतबार दिउँसो १ः१५ बजेसम्मा लागी सभा अवरुद्ध भएको हो।
कांग्रेसको अबरोधपछी राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाका प्रक्रियाहरू अघि बढाउन नसकिएको भन्दै सभालाई सहज रूपमा सञ्चालन गर्न व्यवस्था दिन आग्रह गर्नुभयो। उहाँले समस्या राष्ट्रियसभामा उत्पत्ति नभएकाले विरोध नगरिदिन पनि आग्रह गर्नुभयो।
सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई लिएर धन्यवाद ज्ञापन समेत गर्न नपाएको र राष्ट्रपति कार्यालयबाट प्राप्त सूचनाहरू समेत पढेर सुनाउन नसकेको स्थिति बनेको भन्दै सहज रूपमा अघि बढाउने माहोल निर्माण गरिदिन आग्रह गर्नुभयो।
सो आग्रह पनि प्रतिपक्षी कांग्रेसले नमानेपछी अध्यक्ष दाहालले सभा अवरुद्ध गर्नुभयो।