Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

निर्दोष ठहर भएसँगै सन्दीपले विश्वकप खेल्ने, छिट्टै अमेरिका पठाउने तयारी, उच्चको फैसलाले सर्वोच्चमा पनि राहत मिल्ने (खासखबर)

निर्दोष ठहर भएसँगै सन्दीपले विश्वकप खेल्ने, छिट्टै अमेरिका पठाउने तयारी, उच्चको फैसलाले सर्वोच्चमा पनि राहत मिल्ने (खासखबर)

  • बिहिवार, जेठ ३ २०८१

  • 560
    SHARES

  • निर्दोष ठहर भएसँगै सन्दीपले विश्वकप खेल्ने, छिट्टै अमेरिका पठाउने तयारी, उच्चको फैसलाले सर्वोच्चमा पनि राहत मिल्ने (खासखबर)

    काठमाडौं। सन्दीप लामिछानेले उच्च अदालतबाट सफाइ पाएसँगै टी–२० विश्वकपमा सहभागिता र क्याप्टेन बन्ने बाटो खुला भएको छ। क्यानले गर्ने फिटनेस टेस्ट र आईसीसीको अनुमतिपश्चात् उनी केही दिनमा अमेरिका उड्नेछन्।

    नेपालले टी–२० विश्वकप खेल्ने आफ्नो १५ सदस्यीय टीम पहिल्यै घोषणा गरिसकेको थियो। तर, आउँदो २५ तारिखसम्म टिममा फेरबदल गर्न पाइन्छ। त्यसैले सन्दीपलाई विश्वकप खेलाउन ठूलो प्राविधिक समस्या छैन। यद्यपि, नेपालले अहिले घोषित टिमबाट एक जनालाई हटाउनुपर्ने हुन्छ।

    सन्दीप निर्दोष ठहर भएसँगै क्यानले निलम्बन फुकुवा गरिसकेको छ । उच्च अदालतको यो निर्णयले नेपाली क्रिकेट प्रेमीहरुलाई खुसी तुल्याएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो । केही प्रक्रिया पूरा गरेर सन्दीपलाई टी–ट्वान्टी विश्वकप खेल्न पठाउने उहाँले बताउनुभयो ।

    क्यानले टिम घोषणा गर्दा नै पछि सन्दीपलाई समावेश गर्न सकिने मनसायले अतिरिक्त बलर राखेको थियो। १५ सदस्यीय टिममा अहिले ६ जना फास्ट बलर छन् । क्यानले पनि सन्दीपका लागि सकारात्मक भूमिका खेल्न नसकेको अन्तर्राष्ट्रिय खेलाडी किरणशम्शेर राणाको भनाइ छ । अभिभावकले आफ्नो भूमिका पारदर्शी बनाउन सक्नुपर्ने उहाँको तर्क छ ।

    राज्यले सन्दीपको हकमा गोपनियताका साथै मुद्धालाई प्रभावित पार्ने खालका गतिविधि हुन नदिन पहल गर्नुपर्ने देखिएपनि त्यो नभएको अधिवक्ता वीरभद्र जोशीको भनाइ छ । साच्चै गौशाला २६ लाई जबरजस्तीकरणी भएको भए तत्कालीन समयमै प्रत्रिकार गर्नसक्ने उहाँको भनाइ छ। पहिले नाबालिक पछि बालिग यस्ता गतिविधिले सन्दीपमाथि षडयन्त्र भएको हुनसक्ने जोशीको तर्क छ।

    ढिलै भएपनि उच्च अदालतले विभिन्न प्रमाणका आधारमा सन्दीपलाई सफाइ दिएको छ। गौशाला २६ बालिग प्रमाणित र सीसीटिभी फुटेजमा समेत सरल तरिकाको प्रतिक्रियाले सन्दीपको मुद्धा बलियो बनेको हो। सर्वोच्चमा जाँदा समेत यी यावत प्रमाणले सफाइको संकेत देखाएको छ ।


    बिहिवार, जेठ ३ २०८१०८:२२:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij