Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

कांग्रेसको अवरोधले राष्ट्रियसभा बैठक स्थगित

कांग्रेसको अवरोधले राष्ट्रियसभा बैठक स्थगित

  • बिहिवार, जेठ ३ २०८१

  • 445
    SHARES

  • कांग्रेसको अवरोधले राष्ट्रियसभा बैठक स्थगित

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका कारण राष्ट्रियसभाको बैठक स्थगित भएको छ।

    गृहमन्त्री रवि लामिछाने सहकारीको बचत हिनामिना प्रकरणमा दोषी रहेकोले संसदीय छानबिन समितिको गठन गर्नुपर्ने मागमा निरन्तर संसद अवरोध गर्दै आएको कांग्रेसले आजको बैठक पनि अवरोध गरेको हो।

    समिति नबनेसम्म बैठक अघि बढ्न नदिने अडान कांग्रेसको छ। सोही कारण आजको बैठक पनि ६ मिनेट ११ सेकेन्डमै स्थगन भएको हो।

    बैठक सुरु हुने बित्तिकै कांग्रेसले उठेर विरोध गरेको थियो। सदन अवरोध भएसँगै अर्को बैठक भोलि १ बजेर १५ मिनेटका लागि बोलाइएको छ ।


    बिहिवार, जेठ ३ २०८१०५:२६:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij