Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

बागमतीमा संसदीय समितिको सभापतिमा जुटेन सहमति, निर्वाचन नै हुने

बागमतीमा संसदीय समितिको सभापतिमा जुटेन सहमति, निर्वाचन नै हुने

  • बिहिवार, जेठ ३ २०८१

  • 456
    SHARES

  • बागमतीमा संसदीय समितिको सभापतिमा जुटेन सहमति, निर्वाचन नै हुने

    काठमाडौं। बागमती प्रदेश सभाको संसदीय समितिका सभापति चयनमा सहमति जुट्न नसकेपछी निर्वाचन प्रक्रिया अघि बढाइएको छ। प्रदेश सभा अन्तर्गतका ५ वटा समितिमा सभापति चयनका लागि दलहरू बिच सहमति हुन नसकेपछि निर्वाचनको प्रक्रिया अघि बढाइएको हो ।

    संसदीय समितिको सभापति चयनका लागि निर्वाचन कार्यक्रम तय गर्न सभामुख भुवन कुमार पाठकले प्रदेश सभा सचिवालयलाई निर्देशन दिनुभएको छ।

    सभामुखको निर्देशन अनुसार सचिवालयले आज संसदीय समितिको निर्वाचनको कार्यक्रम तय गरी सभामुख पाठकबाट स्वीकृति लिएर सूचना प्रकाशनसमेत गरिसकेको छ।

    सचिवालयले जेठ ४ गते मनोनयन दर्ता र जेठ ५ मा संसदीय समितिको सभापति चयनका लागि निर्वाचन गर्ने मिति तय गरेको छ।


    बिहिवार, जेठ ३ २०८१०४:०८:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij