काठमाडौं। सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई संसद्मा बोल्न नदिने चेतावनी दिनुभएको छ।
आज बसेको संसदीय दलको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले संसदको महत्त्वपूर्ण समय कांग्रेसको लहडबाजीमा खेर फाल्न नहुने भन्दै बिहीबारदेखि संसद् निरन्तर सुचारु हुनुपर्ने बताउनुभयो।
अध्यक्ष ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गर्दै लामिछानेमाथि आरोप लागेपछि सदनमा बोल्न पाउनुपर्ने दाबी गर्नुभयो।
ओलीले भन्नुभयो,‘कांग्रेस बोल्न पाउने हामी बोल्न नपाउने ? अर्को दिनबाट हामी पनि बोल्ने हो, कांग्रेस बोल्दा हामीले सुनिदिनुपर्ने? कांग्रेसलाई अब बोल्न दिइँदैन । पहिले रवि लामिछानेले बोल्न पाउनुप¥यो, होइन भने हामी बोल्छौं ।’