Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

नीति तथा कार्यक्रमः संसद्मा ६ दिन छलफल गरेर ९ गते पारित गरिने

नीति तथा कार्यक्रमः संसद्मा ६ दिन छलफल गरेर ९ गते पारित गरिने

  • बुधवार, जेठ २ २०८१

  • 681
    SHARES

  • नीति तथा कार्यक्रमः संसद्मा ६ दिन छलफल गरेर ९ गते पारित गरिने

    काठमाडौं। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई ६ दिन संसदमा छलफल गरेर जेठ ९ गते पारित गर्ने सम्भावित कार्यसूची तय गरेको छ । हिजो सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि नीति तथा कार्यक्रम ल्याएको थियो।

    प्रतिनिधि सभाको पाक्षिक क्यालेन्डर अनुसार जेठ ३ गतेबाट सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ हुनेछ। जेठ ४ गते, ६ गते, ७ गते र ८ गते नीति तथा कार्यक्रममाथि छलफल हुनेछ। ९ गते पनि छलफल गरेर निर्णयार्थ प्रस्तुत गर्ने गरी संसदीय क्यालेन्डर तय भएको छ।

    नीति तथा कार्यक्रम चलिरहेकै समयमा समेत शून्य समय, विशेष समय,केही विधेयक अघि बढाउने र प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम चलाउने लगायतका विषयसमेत सञ्चालन गरिने छ। त्यसअनुसार जेठ ६ गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राखिएको हो।

    प्रश्नोत्तर कार्यक्रमका लागी गरिएको समूह विभाजनअन्तर्गत यसअघि समूह एक, दुई, तीन र चारमा रहेका सांसदहरूले प्रश्न सोधिसकेका छन्। अब समूह पाँचमा रहेका सांसदहरूले प्रधानमन्त्रीसँग प्रश्न सोध्न पाउनेछन्। त्यसदिन लगानी सम्मेलनसँग सम्बन्धित अध्यादेश स्वीकृत गर्ने लगायतको सम्भावित कार्यसूची छ।

    यस्तै भोलीको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने रोष्ट्रममा पुग्ने सम्भावित कार्यसूची छ। प्रतिनिधि सभाको पाक्षिक क्यालेन्डर अनुसार कार्यसूची तय भएको खण्डमा जेठ ३ गते,भोली ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत हुनेछ।यो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव कार्यसूचीमा तय भएर पनि विगतमा दुई पटकसम्म स्थगित भएको थियो ।


    बुधवार, जेठ २ २०८१०३:२६:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij