काठमाडौं। सरकारले नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने भएको छ। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले दुर्गम र विकट क्षेत्रमा भूउपग्रहमा आधारित इन्टरनेट सेवाको प्रारम्भ गर्ने बताउनु भएको हो।
डिजिटल साक्षरता विकास गरी महिला, अल्पसंख्यक एवं पिछडिएको वर्ग, क्षेत्र र समूदायको सूचना प्रविधिमा पहुँच विस्तारलाई पनि नीति तथा कार्यक्रममा जोड दिइएको छ।